०७ असार २०८३, आइतबार

झोलुंगे पुलले जोडियो चिन्तुटार

कात्तिक ९, २०७९
झोलुंगे पुलले जोडियो चिन्तुटार

तनहुँको व्यास नगरपालिका वडा नम्बर १० र ५ को बीचमा मादी नदी बग्छ । 

एउटै नगरपालिकाभित्र पर्ने दुई वडाको सिमा जोडिए पनि स्थानीयबासीको भेटघाट भने सहज थिएन । कारण थियो, बीचमा बग्ने मादी नदीमा पुलको अभाव । 

तर अहिले यी दुबै वडाको जोड्ने गरी परेवाडाँडा र चिन्तुटारमा झोलुङ्गे पुल निर्माण भएपछि भने आवतजावत सहज भएको छ । 

पुल नहुँदा एक घण्टाको पैदल पूरा गर्नुपर्ने बाध्यता झोलुङ्गे पुल निर्माणसँगै हटेको छ । 

‘पुल बनेपछि मेलापात, बिहेवारी र आफन्त भेटघाटलगायतका काममा सहज भएको छ” वडा नम्बर १० का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटाले भने ।

दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भएको हो 

दुई करोड ६४ लाखको लागतमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इञ्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए ।

झोलुङ्गे पुल निर्माणपछि दुई वडाका करिब १० हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय होटल व्यवसायी विवेक सापकोटाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्