१७ असार २०८३, बुधबार

नेटोले आणविक अभ्यास गरेपछि रुसले पनि त्यस्तै अभ्यास गर्ने

कात्तिक ९, २०७९
नेटोले आणविक अभ्यास गरेपछि रुसले पनि त्यस्तै अभ्यास गर्ने

रुसले आणविक फौजहरूको अभ्यास गर्न लागेको विषयमा अमेरिकी अधिकारीहरूलाई आधिकारिक जानकारी दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । 

अहिले अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले स्टेडफास्ट नून नामक आणविक अभ्यास गरिरहेको छ । 

‘अमेरिकालाई रुसले जानकारी दिएको र हामीले पहिले पनि भने जस्तै यो रुसको नियमित वार्षिक अभ्यास हो,’ अमेरिकी वायुसेनाका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले मंगलवार बताए । 

अमेरिकी सेनाले यस विषयमा थप जानकारी दिएको छैन । तर रुसले हतियार नियन्त्रण दायित्व तथा अर्को पक्षलाई सूचना दिने भनी गरेको पारदर्शिताको प्रतिबद्धतालाई पालन गरेको स्वीकार गरेको छ । 

रुसको रक्षा मन्त्रालयले आणविक अभ्यासको मिति र दायराका विषयमा आधिकारिक बयान दिइसकेको छैन । यस्ता अभ्यासमा आणविक क्षमतायुक्त तथा गैरआणविक दुवैथरी हतियार उपयोग गरिन्छन् । रणनीतिक निवारण बल तथा पूरै सैन्य मर्यादाक्रमको तयारी अवस्था जाँच्नका लागि व्यापक अभ्यास गरिन्छ । 

युक्रेनविरुद्ध युद्ध शुरू गर्नुअघि फेब्रुअरी महिनामा रुसले यस्तै किसिमको अभ्यास गरेको थियो । 

नेटोले गरिरहेको स्टेडफास्ट नून आणविक अभ्यास अक्टोबर ३० सम्म जानेछ र त्यो बेल्जियम, उत्तरी सागर तथा बेलायतमा भइरहेको छ । नेटोले पनि यो नियमित अभ्यास भएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्