
महिलाको तस्वीर दुरुपयोग गरी सामाजिक सञ्जालमा अपलोड गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्वर ८ का २१ वर्षीय रविन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीले एक महिलाको तस्वीर सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गरेको भन्दै उनका पतिले प्रहरीमा उजुरी दिएका थिए ।
भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट कात्तिक २ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा पक्राउ गरेको जानकारी दिएको छ ।