१० साउन २०८३, आइतबार

आगामी सरकारको नेतृत्व गर्ने चाहाना छ, पार्टीका साथीहरूले साथ दिनुपर्‍यो : गगन थापा

कात्तिक ९, २०७९
आगामी सरकारको नेतृत्व गर्ने चाहाना छ, पार्टीका साथीहरूले साथ दिनुपर्‍यो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका उनले सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ थियो । 

‘गएको पाँच वर्ष खेर गयो । अबको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरूलाई भनेको छु–पाँच वर्ष पनि होइन । गठबन्धन त जित्यो, जित्यो अब । संघमा पनि जित्यो, सात वटै प्रदेशमा पनि जित्यो । । सात वटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो । संघमा पनि हाम्रो सरकार बन्ने हो । हामी मिलेर पाँच वटा पार्टीको जोड्दै गर्दा त देशभरको स्थानीय सरकार त हाम्रो ४५० भन्दा बढी पुग्छ’, थापाले भने, ‘अनि ४५० वटा भन्दा बढी स्थानीय सरकार हाम्रो हुने, ७ वटा प्रदेशको सरकार हाम्रो हुने । अनि, संघको सरकार हाम्रो हुने । त्यो जनमत हामीले प्राप्त गर्ने । अनि, निराश र आक्रोशित भएको जनताको त्यत्रो तागत लिएर आएपछि हामीले काम गर्न सकेनौँ । जनतालाई महसुस गराउने सकेनौँ, संकेत मात्र पनि दिन सकेनौँ भने त्यो बेलामा हाम्रो हालत पनि के हुन्छ भने सिंहदरबारमा हुन्छौँ । सांसदको टाउको गनिरहेका हुन्छौँ । बहुमत पुगिरहेको हुन्छ । तर, बाहिर सडकमा जनता निस्केर हाम्रोविरुद्धमा संघर्ष गरिरहेको हुन्छ । हामी यो कुरामा प्रष्ट हुन आवश्यक छ । यो चुनौती सानो छैन ।’

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्‍याए । त्यसका लागि पार्टी भित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्