
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको अवस्थाबारे जानकारी दिन नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता उल्लघंन गरेको बारेमा जानकारी दिन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।
आयोगले उम्मेदवार र दलले निर्वाचन आचारसंहिताविपरीतको कार्य गरेको पाइएमा जानकारी दिन प्रहरी र विभागलाई निर्देशन दिएको आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई व्यवस्थित बनाउन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ । आयोग पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधवकुमार नेपालसहित राजनीतिक दलका नेता तथा बहालवाला मन्त्रीहरूलाई समेत स्पष्टीकरण सोधिसकेको छ ।