२८ जेठ २०८३, बिहीबार

राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा

कात्तिक ९, २०७९
राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा

राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् । 
    
एकपटक गैर–गान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई खडा गरिएको बुधबार भएको सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका हुन् । 

पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा  असल काम भएको बताए । 

मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे । 

salt training

कमेन्ट गर्नुहोस्