०५ साउन २०८३, मंगलबार

पूर्वउपप्रधानमन्त्री सिंहद्वारा पदक विजेता खेलाडीलाई सम्मान

कात्तिक ९, २०७९
पूर्वउपप्रधानमन्त्री सिंहद्वारा पदक विजेता खेलाडीलाई सम्मान

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा दीपावली तथा नेपाल संवत् ११४३ को उपलक्ष्यमा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारद्वारा शुभकामना आदान–प्रदान एवं जलपान कार्यक्रम सम्पन्न भएको छ । 

आज बबरमहलमा आयोजित कार्यक्रममा नेता सिंहले नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्न सफल वडा नं ११ का दुई खेलाडीलाई सम्मान गरेका हुन् । कांग्रेस तथा सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका सिंहले कामपा–११ वडाका राष्ट्रिय खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् । रु १० हजार नगदसहित सम्मानपत्र पाउनेमा नवौँ राष्ट्रिय खेलकुदको माउण्टेन बाइक डाउन हिल इभेन्टमा रजत पदक प्राप्त गर्ने खेलाडी निरभ श्रेष्ठ र जिम्नाष्टिकतर्फ टिम इभेन्टमा कास्य पदक प्राप्त गर्ने उरान महर्जन छन् ।

salt training

कमेन्ट गर्नुहोस्