
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधवार राति डच क्लब आयाक्सलाई ३-० ले हराउँदै लिभरपुल नकआउट चरणमा पुगेको हो ।
जीतसँगै लिभरपुलले ५ खेलमा १२ अंक जोडेको छ ।
लिभरपुल समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।
आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा छ ।