
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ?’ उनले प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘ उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !’
जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन्?उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि?सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ!
— Baburam Bhattarai (@brb1954) October 27, 2022