नयाँदिल्ल्ली, २२ पुस– भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रयहरु त्यसमा पनि विशेष गरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निश्कर्ष निकालेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनान सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुई पक्षीय सम्बन्ध रहेको उल्लेख छ । संस्थाका मुख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् भने सो प्रतिवेदन बुधबारमात्र सार्वजनिक गरिएको हो ।