
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
भक्तपुरको बालकोटस्थित निवासमा ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइदिएका हुन् ।
उनीहरूले टिका लगाइदिएपछि ओलीले पनि उनीहरुलाई टिका लगाइदिएका छन् ।