१४ असार २०८३, आइतबार

दाँत गन्हाउने समस्या छ ? घरमै गर्न सकिन्छ उपचार

कात्तिक १०, २०७९
दाँत गन्हाउने समस्या छ ? घरमै गर्न सकिन्छ उपचार

दाँत माझ्न अल्छी गर्दा अनि मुखको राम्रो सफाइ नगर्दा सास गनाउन थाल्छ । सास गनाउने मान्छेको नजिक पर्न कोही पनि चाहँदैन । 

नियमित दाँच माझ्ने र माउथवाशले कुल्ला गर्नाले सास फ्रेश रहन्छ । घरैमा माउथवाश तयार पार्न सकिन्छ । 

ल्वाङ र दालचिनी

पानीमा ल्वाङ र दालचिनीको तेल मिसाएर बनाएको माउथवाशले दिनको तीन मिनेट कुल्ला गर्नुहोला । यसले सास गनाउन छोड्छ अनि दाँत दुखेको, गिजा सुन्निएको र क्याभिटीको समस्या पनि हटाउँछ । 

नून र बेकिङ सोडा

नून र बेकिङ सोडाबाट पनि माउथवाश बनाउन सकिन्छ । बेकिङ सोडाले मुखमा भएको ब्याक्टेरिया हटाउँछ र फेरि आउन दिँदैन । नुनले मुखको फोका हटाइदिन्छ । यस्तो माउथवाशले ३० सेकेन्ड कुल्ला गर्नुस् । बढी गर्दा गिजा बिग्रन्छ । 

कागती

एक कप मनतातो पानीमा तीन चम्चा कागतीको रस मिसाउनुस् । ३० सेकेन्ड कुल्ला गर्नुस् अनि साधारण पानीले मुख धुनुस् । कागतीको साइट्रिक एसिडले मुखको ब्याक्टेरिया नाश गरिदिन्छ । दाँत र गिजालाई पनि यसले स्वस्थ राख्छ । 

salt training

कमेन्ट गर्नुहोस्