२५ जेठ २०८३, सोमबार

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आउँदै

कात्तिक १०, २०७९
राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आउँदै

राजकीय उत्तरदायित्वबाट अलग भएका बेलायतका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ । 

पेन्गुइन ¥यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् । प्रकाशनगृह पेन्गुइन ¥यान्डम हाउसले आज एक वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो । सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ । 

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का  रूपमा परिचय गराएको छ । चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलाइतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ । लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी÷एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेकाससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर क्यानडा सरेका सरेका थिए । बेलायतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्