२५ असार २०८३, बिहीबार

भाइटीका महोत्सवमा ३५ विदेशीलाई टीका

कात्तिक १०, २०७९
भाइटीका महोत्सवमा ३५ विदेशीलाई टीका

नेपालीहरूको महान चाड तिहारका अवसरमा पश्चिमाञ्चल होटेल सङ्घ पोखराद्वारा आयोजित १५ औँ भाइटिका महोत्सवमा ३५ जना विदेशीले भाइटीका लगाएका छन् ।

 होटल सङ्घ पोखराले तिहारका अवसरमा भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएकोमा यस वर्ष १५ औं संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा विदेशी पर्यटकलाई रेन्बो चिल्ड्रेन नेपालका दिदीबहिनीहरूले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घले जनाएको छ । सो भाइटीकामा जापान, स्वीटजरल्याण्ड, अमेरिका, फ्रान्स, जर्मनी, भारतलगायतका पर्यटक सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्