११ साउन २०८३, सोमबार

सुनकले भने- बेलायतलाई आशादायी भविष्य प्रदान गर्छु

कात्तिक १०, २०७९
सुनकले भने- बेलायतलाई आशादायी भविष्य प्रदान गर्छु

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलायतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालबाट साझा गर्दै उनले सबैप्रति शुभकामना व्यक्त गरे “आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलाइत निर्माणका लागि सक्दो प्रयास गर्नेछु”उनले ट्वीट गरेका छन् । 

राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलायतको तेस्रो प्रधानमन्त्री बनेका उनले गत मङ्गबार दिएको पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले पूर्ववर्ती सरकारका त्रुटी सच्च्याउन गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्