२१ जेठ २०८३, बिहीबार

ट्वीटरका मालिक बने एलन मस्क, सीईओसहितका कर्मचारी बाहिरिए

कात्तिक ११, २०७९
ट्वीटरका मालिक बने एलन मस्क, सीईओसहितका कर्मचारी बाहिरिए

एलन मस्कले स्वामित्व लिएका छन् । 

मस्कले बिहीवार ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका हुन् । 

स्वामित्व लिएसँगै उनले आफ्नो ट्वीटर एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।

उनले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ ।

ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।

सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।

यसअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौताबाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो ।

मस्कलाई अदालतले अक्टोबर २८ (शुक्रबार)सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकिदिएको थियो । अदालतले तोकेको सीमा अगावै उनले सुरुको मूल्य अनुसार नै ट्वीटरको स्वामित्व लिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्