२२ असार २०८३, सोमबार

गोरखा अस्पतालका डाक्टर कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न बाबुरामको आग्रह

कात्तिक ११, २०७९
गोरखा अस्पतालका डाक्टर कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न बाबुरामको आग्रह

पूर्व प्रधानमन्त्री एवम्  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा डाक्टरमाथि कुटपिट भएको भन्दै घटनाको भर्त्सना गरेका छन् । 

उनले शुक्रवार एक ट्वीट गर्दै जुनसुकै कारणले भएपनि चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । 

उनले लेखेका छन्,'गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भर्त्सना गर्दछु। जसले जुनसुकै कारणले गरेको भएपनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन ।'

डा. भट्टराईले घटनालाई गम्भीरतापूर्वक लिएर तुरुन्त दोषीलाई कानून बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गरेका छन् । 

अस्पतालमा कार्यरत डाक्टरहरूमाथि केही दिनअघि कुटपिट भएको घटना बाहिरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्