माघ १०, २०७९
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...
कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए । हतारमा घरबाट निस्केका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा १ घण्टा कुर्नुपर्यो ।
डुङ्गा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कैयौ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् ।
‘भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ । १ घण्टाभन्दा बढी समयसम्म डुङ्गाको पालो पर्खिन लाग्यो,’ उनले भने, ‘नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला ।’
एउटै डुङ्गामा सयौलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन् । डुङ्गालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो ।
बर्दियाको पाताभारबाट टीकापुर आएका अनिश थारू पनि डुङ्गाको पालो पर्खेर बसेका थिए । निकै छट्पटीमा देखिएका उनी हतारमा रहेको भाव बाहिरै छल्किन्थ्यो । ‘तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ,’ अनिश भन्छन्, ‘निकै ढिलो भयो । डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन । घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन् । कतिबेला पुगिन्छ थाहा छैन ।’
कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो । हतारमा सन्कट्टी पुगेका उनलाई कर्णाली नदी पार गर्न १ घण्टाभन्दा बढी लाग्यो । घरमा भएका दिदीबहिनीसँग टीका लगाएर बर्दियामा रहेकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लागेका उनलाई डुङ्गामा सवार गर्ने नागरिकको भीडले समयमै गन्तव्यमा पुग्न पाएनन् ।
‘राजापुरबाट जाँदा १ घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ । सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ,’ धामी भन्छन्, ‘मानिसको निकै चाप छ, त्यसैमा पनि सवारीसाधनले भरिएको डुङ्गामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर !’ चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भीड लाग्ने गरेको छ । एकपटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्गामा त्यहीँ मात्रामा सवारीसाधन पनि भरिएका हुन्छन् ।
नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीय जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । एउटा व्यक्तिले नदी तर्दा २५ रुपैयाँ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ । नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा । नदीसम्म पुगेको १ यात्रुको ५०० रुपैयाँसम्म रिक्सा चालकले लिने गरेका छन् ।
टीकापुरका मनोज चौधरी विगत ३ वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउँछन् । टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको ५०० रुपैयाँ लाग्ने गरेको छ । नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारीसाधनको विकल्प छैन । त्यहाँबाट शान्तिबजार पुगेको पनि ५०० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महंगो हुन गएको उनी बताउँछन् ।
‘बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महंगो छ,’ मनोज भन्छन्, ‘बाटो राम्रो भए समयमै यात्रुलाई पुर्याउन सकिन्छ, । बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ ।’
बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिकरूपमा नजिक छ । हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ । त्यहाँ दुवै क्षेत्रमा वर्षाैंदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुङ्गा सञ्चालन गरेबापत राजस्व संकलन गर्दै आएको छ ।
सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्का समेत भएको छ । ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । पुल निर्माण भएपछि सहज रूपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयको माग छ । – झलनाथ खनाल/रासस
विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...
तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्...
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...
नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...
कैलाश मानसरोवर ! जहाँ लेक लाग्ने डरले तन्नेरी पुस्ता जान डराउँछन् । ट्राभल एजेन्सीहरूले वृद्ध, श्वासप्रश्वास सम्बन्धी समस्या भएका नागरिकलाई लैजान मान्दैनन् । ८८ वर्षको उमेरमा समुन्द्र सतहभन्दा ४ हजार ५९० मिटर उचाइ...
सावित्रा काफ्लेको आँखामा ‘प्लस’ २४ ‘पावरवाला’ चश्मा छ । न्यून दृष्टियुक्त सावित्रालाई मेडिकलको भाषामा दृष्टिविहीन भनिन्छ । बिहान साढे ८ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ स्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...