२२ जेठ २०८३, शुक्रबार

खर्सनको युद्धग्रस्त क्षेत्रबाट रुसले सबै नागरिकलाई सुरक्षित स्थानमा लगिएको दाबी

कात्तिक ११, २०७९
खर्सनको युद्धग्रस्त क्षेत्रबाट रुसले सबै नागरिकलाई सुरक्षित स्थानमा लगिएको दाबी

युक्रेनको दक्षिणी भागमा रहेको र रुसले आफूमा मिसाएको खर्सन क्षेत्रमा फसेका सबै सर्वसाधारणलाई सुरक्षित स्थानमा लगिएको एक अधिकारीले बताएका छन् । 

क्राइमियाका प्रमुख सर्गे किरियेन्कोले उक्त क्षेत्रको भ्रमण गरी सर्वसाधारणहरूलाई पूर्ण रूपमा सुरक्षित स्थानमा लगिएको जानकारी दिए । 

उक्त क्षेत्रमा रुस र युक्रेनका सैनिकहरूबीच भीषण भिडन्त हुन लागेकाले सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा लगिएको हो । युक्रेन सरकारले यसरी सर्वसाधारणलाई अन्तै लग्नुलाई निर्वासनको संज्ञा दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्