०२ असार २०८३, मंगलबार

मोटरसाइकल र स्कुटर ठोक्किँदा तीनजनाको मृत्यु

कात्तिक १२, २०७९
मोटरसाइकल र स्कुटर ठोक्किँदा तीनजनाको मृत्यु

विराटनगर–इटहरी सडकखण्डअन्तर्गत सुनसरीको इटहरीमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको थियो । 

उक्त दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्