२९ जेठ २०८३, शुक्रबार

टी–२० विश्वकपअन्तर्गत शुक्रवारका दुवै खेल रद्द

कात्तिक १२, २०७९
टी–२० विश्वकपअन्तर्गत शुक्रवारका दुवै खेल रद्द

अष्ट्रेलियामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत हिजो (शुक्रवार)को दुई खेल रद्ध गरिएका छन् । शुक्रवारका लागि तय गरिएको आयरल्याण्ड र अफगानिस्तान तथा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल रद्द गरिएको हो । 

वर्षाका कारण दुवै खेल रद्ध गरिएको हो । वर्षाका कारण खेल मैदान भिजेकाले खेल खेलाउन सम्भव नभएको हो । 

अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल मेलवर्नमा तय गरिएको थियो । सुपर–१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १–१ अंक पाएका छन् । 
खेल नभएपछि इंग्ल्याण्ड र अष्ट्रेलियाले ३ खेलपछि समान ३ अंक जोडेका छन् । दुवै टिम यसअघि एक खेल जितेका थिए भने एक  खेलमा पराजित भएका थिए ।

शुक्रवार मेलवर्नमै हुने भनिएको आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि टस नभई नै रद्द भएको थियो । 

समूह ए मा न्युजिल्याण्डको २ खेलबाट ३ अंक छ भने तीन खेल खेलिसकेका इंग्ल्याण्ड, आयरल्याण्ड र अष्ट्रेलियाको पनि समान ३ अंक छ र क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ । श्रीलंका २ खेलबाट २ अंकसहित पाँचौं र ३ खेलबाट २ अंक रहेको अफगानिस्तान छैटौं स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्