२३ जेठ २०८३, शनिबार
बम विस्फाेटमा परे बालबालिका

कालीकोटको तिलागुफामा बम विस्फोट : २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

कात्तिक १२, २०७९
कालीकोटको तिलागुफामा बम विस्फोट : २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते
प्रतिकात्मक तस्वीर

कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । 

कोदोबारीमा बालबालिका पुगेकाे बेला बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले लोकान्तरलाई जानकारी दिए ।

शनिबार विहान ८ बजे बम विस्फाेट भएकाे प्रहरीले बताएकाे छ । विस्फोट भएको बम नयाँ हो कि पहिल्यै छाडिएको पुरानो बम हो भन्ने नुखलेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते हुनेहरूमा तिलागुफा नगरपालिका–१०  रानावाडका ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षका दर्शना रानालाई थप उपचारको लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।

घाइते भएकामध्ये कमल थापाको दाहिने हात र दुवै खुट्टा भाँचिएको छ भने मुस्कान थापाको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । दर्शना रानाको भने पेटमा प्वाल परेको र दुवै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । 

उपचारका क्रममा मृत्यु भएकी सरस्वती रानाको पेटबाट आन्द्रा बाहिर निस्किएको अवस्थामा अस्पताल पुर्‍याइएको थियो । रानाकाे उपचारकाे क्रममा ११:४० मा निधन भएकाे कालिकाेट प्रहरीले बताएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्