३१ जेठ २०८३, आइतबार

फिलिपिन्सको आँधीमा ४७ जनाको मृत्यु, ६० जना बेपत्ता

कात्तिक १२, २०७९
फिलिपिन्सको आँधीमा ४७ जनाको मृत्यु, ६० जना बेपत्ता
प्रतिकात्मक तस्वीर

भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

बिहीवार रातिदेखि शुक्रवार बिहानसम्म परेको आँधीहुरी सहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका ३ वटा शहर अधिक प्रभावित भएका छन् । 

मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिवार बिहान आएको आँधी नाल्गामा परेर ५ जनाले ज्यान गुमाएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । कुसियोङमा ११ जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् । 

मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय वासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म ७ हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

फिलिपिन्समा यस वर्षको बाढीपहिरोमा परी २४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्