०५ साउन २०८३, मंगलबार

निर्वाचन आयोग र सर्वाेच्च अदालत पार्टी कार्यालय जस्तो बने : राजु गुरुङ

कात्तिक १२, २०७९
निर्वाचन आयोग र सर्वाेच्च अदालत पार्टी कार्यालय जस्तो बने : राजु गुरुङ

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता राजु गुरूङले निर्वाचन आयोग र सर्वोच्च अदालत अमूक राजनीतिक दलको पार्टी कार्यालय जस्तो बनेर आफ्नो उम्मेदवारी खारेज भएको आरोप लगाएका छन् । 

राष्ट्रिय जनमुक्ति पार्टी सत्तारूढ सत्तारुढ गठबन्धनका उम्मेदवारले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेजी भएका गुरूङले सर्वोच्च अदालतको आदेशप्रति प्रश्न उठाउँदै जालझेलपूर्ण रूपमा उम्मेदवारी खारेजी गरिएको दाबी गरे । 

सत्तारुढ गठबन्धनबाट रूपन्देही–२ बाट प्रतिनिधिसमा सदस्य पदमा उम्मेदवारी दिएका गुरूङको बैंकिङ कसूरमा कालोसूची परेपछि उम्मेदवारी खारेज भएको थियो । आफूजस्तै मुलुकभर १५२ उम्मेदवारको कम्पनी कालोसूचीमा भए पनि उनीहरूको उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको भन्दै गुरुङले आक्रोश पोखे ।

गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही–२ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्