
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन् । उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनता विरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारे । नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल्न कार्यकर्तालाई निर्देशन दिए ।
आज झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले नेकपा (एमाले) माक्र्सवाद–लेनिनवाद भन्दै हिँड्ने, कांग्रेससँग मिलेर सङ्घर्ष गर्ने, मुलुकमा गणतन्त्र ल्याउने अनि अहिलेचाहिँ राजावादीलाई भोट हाल्नु भन्दै हिँड्न मिल्छ भन्दै प्रश्न गरे ।
नेता सिटौलाले यस क्षेत्रको विकासका लागि आफू लागिपर्ने र लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सबै नागरिकलाई समृद्ध बनाउने बाटोमा डो¥याउन आफू लागिपर्ने बताए ।