२५ जेठ २०८३, सोमबार

अक्षयको 'राम सेतु' र अजयको 'थ्यांक गड'ले कति कमायो ?

कात्तिक १३, २०७९
अक्षयको 'राम सेतु' र अजयको 'थ्यांक गड'ले कति कमायो ?

बलिउड अभिनेता अक्षय कुमारको पछिल्लो रिलिज चलचित्र ‘राम सेतु’ले  बक्स अफिसमा राम्रो कमाइ गरेको छ । 

चलचित्र रिलिज भएको चार दिनसम्ममा कुल कमाइ ४१.४५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।

चलचित्र अक्टोबर २५ मा हलमा रिलिज भएको थियो ।

चलचित्र समिक्षक एवम् ट्रेड एनालिष्ट  तरण आदर्शका अनुसार यस चलचित्रले पहिलो दिन १५.२५ करोड, दोस्रो दिन ११.४० करोड, तेस्रो दिन ८.७५ करोड र चौथो दिन ६.०५ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।  

फिल्ममा अक्षय बाहेक ज्याकलिन फर्नान्डिज, नुसरत भरुच्चा र सत्य देवको मुख्य भूमिका रहेको छ ।

अर्को चलचित्र थ्यांक गडले हालसम्म १८.२५ करोड भारतीय रुपैयाँ कमाएको छ । 

अजय देवगन, सिद्धार्थ मल्होत्रा ​​र रकुल प्रीत सिंह स्टारर फिल्म ‘थ्याङ्क गड’ ले अहिलेसम्म १८.२५ करोड कमाएको हो । 

तर चलचित्रको कमाइ दिनदिनै घट्टै गइरहेको छ । यो चलचित्र अक्टोबर २५ मै रिलिज भएको थियो ।

मंगलवार ८.१० करोड, बुधवार ६ करोड रुपैयाँ र बिहीवार ४.१५ करोड रुपैयाँ कमाइ गरेको एनालिष्ट तरण आदर्शले जानकारी दिएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्