२७ असार २०८३, शनिबार

मौसममा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?

कात्तिक १३, २०७९
मौसममा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आज दिनभरको मौसम  ?

हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आइतवार बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतवार दिउँसो  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्