१३ असार २०८३, शनिबार

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

कात्तिक १३, २०७९
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए । 

मतदाता शिक्षाबारे  ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे । “निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्छ ।”उनीहरुको भनाइ थियो । 

आचारसंहिता पालनामा राजनीतिक दल र उम्मेदवार प्रतिबद्ध हुनुपर्ने जनाउँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले निर्वाचन आयोगले चुनाव अवधिभर कानुन र आचारसंहिता पालना गराउन दृढ हुनुपर्ने माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्