२८ असार २०८३, आइतबार

थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

कात्तिक १३, २०७९
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । 

तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन् । 

तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन् । तेल्घाकी ४२ वर्षीया हेमा अस्लामी मगरले गाउँमा काउली, बन्दा, सिमी, टमाटर खेती गरेर जीविका चलाउँदै आएकी छन् । गाउँमा थोक बजार नहुँदा व्यापारीकै मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ । “सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ”, उनले भनिन्, “थोक बजार सञ्चालन भएपछि बजार मूल्य पाउने आश छ ।” 

दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार सङ्कलन केन्द्रको निर्माण गरेको छ । यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ । कृषि उपज उत्पादनको ग्रेडिङ, प्याकेजिङ, तयारी र प्रोसेसिङ गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्