१० साउन २०८३, आइतबार

नापोली, इन्टर र युभेन्ट्सको जीत

कात्तिक १३, २०७९
नापोली, इन्टर र युभेन्ट्सको जीत

इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा नापोलीले सासोउलोलाई ४-० गोल अन्तरले हराएको हो ।

शीर्ष स्थानको नापोलीले १२ खेलमा ३२ अंक जोडेको छ ।

अर्को खेलमा इन्टर मिलानले साम्पोडोरियालाई ३-० ले हराएको छ ।

इन्टर १२ खेलमा २४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै युभेन्ट्सले लेचीलाई १-० ले हराएको छ ।

युभेन्ट्स २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्