०३ असार २०८३, बुधबार

धमाधम निर्वाचन सामाग्री ढुवानी गर्दै आयोग

कात्तिक १३, २०७९
धमाधम निर्वाचन सामाग्री ढुवानी गर्दै आयोग

निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी गरेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू दैनिक विभिन्न जिल्लामा ढुवानी भइरहेको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकिएको आयोगले जनाएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी रहेको आयोगको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्