२० असार २०८३, शनिबार

रुसी आक्रमणमा मारिए युक्रेनमा लड्न आएका भाडाका विदेशी सैनिक

कात्तिक १३, २०७९
रुसी आक्रमणमा मारिए युक्रेनमा लड्न आएका भाडाका विदेशी सैनिक

शनिवार जापोरिजा शहरमा रुसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा महत्त्वपूर्ण संरचना नष्ट भएको बताइएको छ । 

अहिले जापोरिजा शहर युक्रेनी सेनाको नियन्त्रणमा छ जबकि रुसले उक्त क्षेत्रलाई आफूमा मिसाएको घोषणा गरिसकेको छ । 

रुससमर्थक जापोरिजा क्षेत्रको प्रशासनिक परिषद्का सदस्य भ्लादिमिर रोगोभले क्षेप्यास्त्रहरू जापोरिजा आल्मुनियम कारखानामा ठोकिएको बताए । त्यहाँ युक्रेनमा लड्न आएका भाडाका विदेशी सैनिकहरू रहेको उनको भनाइ छ । 

युक्रेन सरकारका तर्फबाट लडिरहेका चेचेन लडाकूहरू आक्रमणमा मारिएको बताइएको छ । उक्त क्षेत्रमा पोल्यान्ड र जर्जियाका अनेकौं भाडाका सैनिक पनि रहेको बताइएको छ । 

विस्फोटको शक्ति हेर्दा अनि धूवाँको मुस्लोलाई विचार गर्दा उक्त केन्द्रमा भारी क्षति पुगेको देखिन्छ । 

युक्रेनी अधिकारीहरूले उक्त आक्रमणमा कुनै पनि युक्रेनी सैनिक नमारिएको दाबी गरेका छन् । रोगोभले यस बयानमाथि टिप्पणी गर्र्दै युक्रेन सरकारले विदेशी लडाकूलाई मानिस नै नमानेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्