×

NMB BANK
NIC ASIA

अन्य देशका सैनिकलाई पनि युक्रेनमा रुसविरुद्ध लड्न पठाइन सक्ने

कात्तिक १३, २०७९

NTC
Premier Steels

अमेरिकी सेनाका पूर्व जर्नेल तथा गुप्तचर निकाय सीआईएका पूर्व निर्देशक डेभिड पेट्रायसले फ्रान्सको लक्सप्रेस पत्रिकासँगको अन्तर्वार्तामा खतरनाक कुरा गरेका छन् । 

Muktinath Bank

अमेरिकी सहायताका कारण युक्रेनीहरू अहिले रुसीहरूमाथि हावी भइरहेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसले आणविक हतियार प्रहार गरेछ भने पनि अमेरिकासँग त्यसको प्रतिकारका लागि अनेकौं विकल्प रहेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

युद्धको परिणाम रुसको पक्षमा नजाने उनले ठोकुवा गरे । अर्थात्, युद्धमा रुसले पूर्ण पराजय हुने उनको भनाइ छ । 

Vianet communication

त्यसो हो भने युक्रेनमा अमेरिकी हस्तक्षेप किन आवश्यक पर्‍यो त भनी सैन्य विश्लेषक ल्यारी जोनसन प्रश्न गर्छन् । 

जोनसनले पेट्रायसलाई मन्दबुद्धिको संज्ञा दिएका छन् । युक्रेन युद्ध छिट्टै अन्त्य नहुने र अमेरिकाले युद्धमा अन्तर्राष्ट्रिय उद्धारक टोली पठाउन सक्ने पेट्रायसको भनाइसँग युक्रेन युद्ध जित्दैछ भन्ने भनाइले तालमेल नखाएको विषयलाई जोनसनले व्यंग्य गरेका हुन् । 

अमेरिकाले रुसविरुद्ध बहुराष्ट्रिय गठबन्धनको नेतृत्व गर्ने र त्यसमा नेटोको संलग्नता नहुन पनि सक्ने पेट्रायसको भनाइ छ । 

रुसले युक्रेनमा स्तब्ध बनाउने तथा खतरनाक कारवाही गर्न सक्ने पूर्वानुमान पेट्रायसले गरेका छन् । त्यस्तो वीभत्स कारवाहीका कारण युद्धमा अमेरिकाको प्रत्यक्ष सहभागिता आवश्यक हुन सक्ने उनको भनाइ छ । 

उनको यो भनाइबाट कतै युक्रेनले आफैं वीभत्स कारवाही गरेर त्यसको दोष रुसमाथि थोपर्ने अनि अमेरिकालाई युद्धमा सहभागी गराउने त हैन भनेर पनि शंका गर्न थालिएको छ । 

पेट्रायसका अनुसार, कुनै एक नेटो सदस्यमाथिको आक्रमणको अवस्थामा नेटोले हस्तक्षेप गर्ने कुरा सबैलाई थाहा छ । तर युक्रेनमा नेटोका सुरक्षाफौजहरू उपयोग नगर्ने विकल्पमा विचार गर्नुपर्ने हुन्छ । नेटोसँग साइनो नजोडिएको बहुराष्ट्रिय सैनिकहरू उपयोग गर्न सकिने पेट्रायसको भनाइ छ । 

यसरी बहुराष्ट्रिय सेना अहिले नै पनि युक्रेनमा छद्मयुद्ध त लडिरहेकै छ । तर पेट्रायसले खुलमखुला उनीहरूको सहभागिताको वकालत गरेका छन् । त्यस्तो स्थितिमा तेस्रो विश्वयुद्ध शुरू हुन सक्ने सम्भावनालाई पेट्रायसले हलुका रूपमा लिएको देखिन्छ । 

ल्यारी जोनसनले पेट्रायसको यस भनाइलाई आधार लिँदै उनको चरित्रचित्रण गरेका छन् । दिमाग नलगाउने व्यक्तिका रूपमा आफूलाई स्थापित गरेका व्यक्ति भनी उनले पेट्रायसलाई ठोकेका छन् । 

सीआईएमा काम गर्दा सुरक्षासम्बन्धी चुक गरेकाले पेट्रायसलाई पदबाट बर्खास्त गरिएको थियो । पेट्रायसले सीआईए कार्यालयमै आफ्नो डेस्कमुनि प्रेमिकासँग क्रीडा गरेको खबर आएको थियो भनी जोनसन लेख्छन् । 

पेट्रायसले युक्रेन युद्धका विषयमा गरेको टिप्पणीबाट यो प्रश्न उठ्छ ः युक्रेनको विजय अवश्यम्भावी छ र अब रुसीहरूको डेग चल्दैन पनि भन्ने अनि अमेरिकाले बहुराष्ट्रिय फौज जम्मा गरेर रुसलाई रोक्ने तथा युक्रेनलाई जोगाउने कुरा एकैचोटि कसरी सम्भव छ ?

सेप्टेम्बर महिनाको अन्त्यतिर युक्रेनले चलाएको प्रत्याक्रमणले रुसी सैनिकहरूलाई तहसनहस पारेको अनि उनीहरू डराएर भागेको भन्दै मनाइएको खुशियाली पनि बिलाइसकेको छ । अहिले रुस कठोर रवैया अपनाइरहेको छ अनि पश्चिमी युक्रेनमा विद्युत् आपूर्ति ठप्प बनाइरहेको छ । 

युक्रेनमा कम्तीमा १० तल्ला अग्ला भवनमा धेरै मानिसहरू बस्छन् । त्यहाँ विद्युत् आपूर्ति ठप्प भएमा माथिल्लो तल्लामा पानी नै पुग्दैन । अनि शौच कसरी गर्ने, नुहाउने कसरी ? चिसो पानीले पनि नुहाउन गाह्रो पर्छ । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले देशको विद्युतीय संरचनामा रुसको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सफल भएको बेमनले भए पनि अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन् । 

स्काई न्युजका अनुसार, 

रुसको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले युक्रेनको ४० प्रतिशत जति ऊर्जा संरचनालाई क्षति गरेको छ । राजधानी किएभ अन्धकारमा बस्न बाध्य भएको छ । 

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले देशबाट भागेका युक्रेनीहरूलाई जाडो महिनामा देश नफर्किन अनुरोध गरेकी छन् । विद्युतीय केन्द्रहरू नष्ट भएकाले बाहिरका मानिस युक्रेन आउँदा अतिरिक्त बोझ थपिने हुँदा नआउन उनले आग्रह गरेकी हुन् । 

युक्रेनी सेनाले रुसी सेनालाई हायलकायल बनाइरहेको हुन्थ्यो भने रुसले युक्रेनका महत्त्वपूर्ण संरचनाहरूमा यसरी व्यापक क्षति कसरी पुर्‍याउन सक्थ्यो त ? 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x