०६ साउन २०८३, बुधबार

रुस र युक्रेनले गरे बन्दी साटासाट

कात्तिक १३, २०७९
रुस र युक्रेनले गरे बन्दी साटासाट

रुस र युक्रेनबीच बन्दी साटासाट गर्ने विषयमा भएको नयाँ सम्झौताअन्तर्गत ५० जना रुसी सैनिकहरूलाई मुक्त गरिएको रुसको रक्षा मन्त्रालयले शनिवार जनाएको छ । 

रुस फर्काइएका बन्दीहरूलाई विमानमा राखेर मस्को ल्याइने अनि स्वास्थ्योपचार गरिने मन्त्रालयको भनाइ छ । बन्दी अवस्थामा रहँदा उनीहरूको जीवन खतरामा परेको पनि मन्त्रालयले जनायो । 

रुसले आफूमा मिसाएको घोषणा गरेको डोनेत्स्क जनगणतन्त्रका कार्यकारी प्रमुख डेनिस पुशिलिनले दुवै पक्षका ५०–५० बन्दी साटासाट गरिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्