२३ असार २०८३, मंगलबार

टी२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलमा पाकिस्तान विजयी

कात्तिक १३, २०७९
टी२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलमा पाकिस्तान विजयी

अस्ट्रेलियामा चलिरहेको टी२० क्रिकेट विश्वकपमा आइतवार सम्पन्न खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले पूरै ओभर खेले पनि नौ विकेट गुमाएर जम्मा ९१ रन बनायो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रन बनाए । 

जवाफमा पाकिस्तानले चार विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो । विकेटकीपर मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाए । 

यस जीतका बावजूद पाकिस्तानलाई प्रतियोगितामा बढ्न कठिन छ किनकि उसले भारत र जिम्बाब्वेसँग पराजय बेहोरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्