२७ असार २०८३, शनिबार

माओवादीले सोमवार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

कात्तिक १३, २०७९
माओवादीले सोमवार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

नेकपा (माओवादी केन्द्र) ले सोमवार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।

माओवादीले सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भए पनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।

विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधि सभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसंग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्