०४ असार २०८३, बिहीबार

तीजमा नाचिन्छ भन्दै युरोप पसे थानेश्वर गौतम

कात्तिक २०, २०७४
तीजमा नाचिन्छ भन्दै युरोप पसे थानेश्वर गौतम

स्पेन, २४ साउन — नाचिन्छ गाइन्छ तीजमा नाचिन्छ भन्दै गायक थानेश्वर गौतम शास्त्रीय शैलीमा युरोप भ्रमणमा निस्केका छन् ।


सुमधुर स्वरका धनी गौतम युरोपको सांगीतिक कार्यक्रमका लागि एक साताअघि नै जर्मनी आएका छन् ।

अगस्टदेखि सेक्टेम्बर १७ सम्म युरोपभरि आफ्नो गजलमार्फत नेपाली समाजका दिदीबैनी आमाबुवा साथीभाइलाई उनले मनोरञ्जन दिने भएका छन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा ख्याति कमाएका गौतम सालैजो, रोइला, पञ्चेबाजा शैलीका गीतमा जमेर चर्चा जमाइसकेका छन् ।

नेपाली चलचित्रमा समेत पार्श्व गायन गरिसकेका गौतमले पहिलोपटक तीज गीत गजल शैलीमा गाएका छन् ।

लोकान्तरसँग कुरा गर्दै गौतम भन्छन्, ‘आफू त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको गजल म्युजिक भिडियो लिएर युरोप भ्रमणमा आएको छु ।’

नेपाली महिला दिदीबैनी आमाहरूको महान् पर्वको अवसरलाइ ध्यानमा राखेर प्रस्तुत गरिएको संगीतमा प्रभा बर्तौलाले रचना गरेकी छिन् भने गौतमले गजलमा स्वर दिएका छन् ।


गौतमलाई गायिका सरु गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन् ।

भुवन स्याङबोद्वारा निर्देशित उक्त गजलमा आशिष अविरल गीतका संगीत संयोजक रहेका छन् ।

उक्त म्युजिकमा नयन डिसी तथा विनिताले आकर्षक नृत्यका साथ बेजोड प्रस्तुति दिएका छन् ।

उत्सव दहालको छायांकनमा उक्त म्युजिक भिडियोलाई माधब बेल्वासेले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्