१४ असार २०८३, आइतबार

अस्ट्रेलियामा आणविक बम बोक्न सक्ने विमान तैनाथ गर्ने तयारीमा अमेरिका

कात्तिक १४, २०७९
अस्ट्रेलियामा आणविक बम बोक्न सक्ने विमान तैनाथ गर्ने तयारीमा अमेरिका

अमेरिकी सेनाले आणविक बम बोक्न सकने बी–५२ बमवर्षक विमान अस्ट्रेलियामा तैनाथ गर्ने योजना बनाएको एबीसी र रोयटर्सले सोमवार खबर दिएका छन् । 

चीनसँगको प्रतिस्पर्धामा अस्ट्रेलियाको उत्तरी भूभागलाई अमेरिकाले महत्त्वपूर्ण सैन्य केन्द्र बनाउन खोजेको संकेत यसबाट पाइएको छ । 

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले स्क्वाड्रन अपरेसन्स फसिलिटी बनाउन खोजेको हो । त्यहाँ मर्मत केन्द्र पनि हुनेछ । अनि ६ वटा बी–५२ बमवर्षक विमान राख्न मिल्ने ठाउँ पनि पुग्नेछ । अस्ट्रेलियाको वायुसेनाको टिन्डाल एयरबेसमा विमानहरू राखिने योजना हो । 

एयरबेसको विस्तारका लागि १० करोड डलरसम्म खर्च गरिनेछ र सन् २०२६ सम्ममा निर्माण पूरा गरिने अपेक्षा छ । नयाँ केन्द्रहरूले १५ दिने प्रशिक्षण अभ्यासहरू धेरैपटक गर्नका लागि आवश्यक संरचना उपलब्ध गराउने बताइएको छ । 

अस्ट्रेलिया र अमेरिकाबीच पोहोर साल अस्मिन मन्त्रीस्तरीय बैठक भएको थियो र त्यसमा उनीहरूले वायुसेनाको क्षेत्रमा सहकार्य बढाउने बताएका थिए । सबै किसिमका अमेरिकी सैन्य विमानहरू चक्रीय आधारमा तैनाथ गरिने उनीहरूबीच सहमति बनेको थियो । 

अमेरिका र अस्ट्रेलियाले बेलायतसँग मिलेर अकस सम्झौता गरेका छन् । चीनलाई पश्चिमी प्रशान्तमा घेराबन्दी गर्नका लागि उक्त सम्झौता भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्