१२ असार २०८३, शुक्रबार

कारको ठक्करबाट छठ घाटतर्फ हिँडेका तीन जनाको मृत्यु

कात्तिक १४, २०७९
कारको ठक्करबाट छठ घाटतर्फ हिँडेका तीन जनाको मृत्यु

छठ घाटमा हिँडेका तीर्थयात्रुलाई सोमवार बिहान रूपन्देहीको भैरहवामा कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डमा कारले ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

रुपन्देहीका प्रमुख श्यामु अर्यालका अनुसार मृतकहरू ओमसतिया–४ पननीकी वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्करपछि फरार भएको कारलाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । सडकमा भएका सीसीटीभी फुटेज हेरेर चालक र गाडीको खोजी भइरहेको अर्यालले जानकारी दिए । तीव्र गतिको कारले दुर्घटना गराएपछि स्थानीयले रोक्न खोज्दा भागेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्