०५ साउन २०८३, मंगलबार

वाशिङटनले युरोपेली संघलाई कमजोर बनाउन खोजेको मस्कोको आरोप

कात्तिक १४, २०७९
वाशिङटनले युरोपेली संघलाई कमजोर बनाउन खोजेको मस्कोको आरोप

अमेरिकाले युरोपेली संघलाई सैन्य तथा आर्थिक दुवै क्षेत्रमा कमजोर बनाउने लक्ष्य लिएको रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले दाबी गरेका छन् । 

आइतवार प्रकाशित एक अन्तर्वार्तामा उनले बताए, ‘युरोपेलीहरू अहिले नै रुसविरोधी प्रतिबन्धबाट दुःख पाइरहेका छन् । अमेरिकीहरूले पाएको भन्दा कैयौं गुणा बढी दुःख युरोपेलीहरूले पाइरहेका हुन् ।’

‘हाम्रो देशका मात्र नभई पश्चिमकै अर्थशास्त्रीहरूले पनि एउटै निष्कर्ष निकालेका छन्– युरोपेली अर्थतन्त्रलाई पूरै सुकाउने र उद्योगविहीन बनाउने अमेरिकाको लक्ष्य हो,’ उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्