०४ असार २०८३, बिहीबार

१४ वर्षीय बालकको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

कात्तिक १४, २०७९
१४ वर्षीय बालकको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

झापाको दमक नगरपालिका–१० आमबाडीका १४ वर्षीय डियुज श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

डियुज आइतवार छठ पर्न हेर्न भनेर खोलामा गएका थिए । उनीमाथि राति १०ः२५ बजेतिर छुरा प्रहार भएको थियो । उपचारको क्रममा उनको बिएण्डसी अस्पताल विर्तामोडमा सोमवार बिहान ४ः५० बजे मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आशंकामा मोरङ उर्लाबारी नगरपालिका वडा नं.६ चन्द्रमा चौक बस्ने वर्ष १७ का सरोज बस्नेत, सोही ठाउँका सन्देश खवास, १६ वर्षीय सपन खत्री, मन्जिल माझी र विकास तामाङलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न एक जना फरार छन् । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

डियुजलाई पूर्व रिसिइबिको कारण चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्