×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कप : पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

कात्तिक १४, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमवार भएको खेलमा नेपाल पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो । 

Muktinath Bank

प्रदेश १ माथि सानदार जित निकालेको विभागीय टोली पुलिसले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि आइतवार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई हराउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो । जारी प्रतियोगितामा सुखद् शुरुवात गर्ने क्रममा गण्डकीले सुदूरपश्चिमलाई १ सय ३९ रनमा समेट्यो । गण्डकी प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा समेटिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिमका लागि मिलन बोहोराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । बोहोराले ६४ बलको सामना गर्दा ३  चौका र १  छक्का प्रहार गरेका थिए । उनका अलावा ओपनर गजेन्द्र बोहोराले ३५ तथा वसन्त कार्कीले १० रनको पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदूरपश्चिमको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका विपिन खत्रीले सर्वाधिक ४ विकेट निकाल्दा सुवास भण्डारी र अभिषेक बस्नेतले समान २÷२ विकेट आफ्नो नाममा लेखाए । यस्तै अमृत गुरुङ र कमल परियारले एक÷एक विकेट लिए ।


Advertisment
Nabil box
Kumari

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । उसका लागि ओपनर अर्जुन कुमालले ६३ रनको व्यक्तिगत पारी खेले । १ सय ५ बलको सामना गरेका कुमालले १० चौका प्रहार गरेका थिए । यस्तै अर्का ओपनर समिर कँडेलले २६ रन जोड्दा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५÷२५ रनको योगदान गरे । यस्तै सन्दीप क्ष्ोत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे । गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २÷२ विकेट लिए । यस्तै नरेन साउदले एक विकेट लिए ।

Vianet communication

प्रतियोगिताअन्तर्गत सोमवार नै भएको अर्को खेलमा पुलिसले प्र्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए । शंकर रानाले २९ रन जोडे । राशिद खानले अविजित १६ तथा दीपेन्द्र सिंह ऐरीले अविजित १४ रन बनाए । सुनिल धमला शून्य रनमा आउट भए । 

प्रदेश–१ का फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । प्रदेश–१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए । विवेकआनन्द मेहेताले १७ रन जोडे । पुलिसका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । मूलपानीमा हुने खेलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेश तथा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमती प्रदेश र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x