०६ असार २०८३, शनिबार

कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम

कात्तिक १४, २०७९
कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम

चितवन जिल्लामा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ । मतदाता शिक्षा जिल्लास्तरीय समितिको आज यहाँ सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदायस्तरमा लैजाने निर्णय गरेको हो ।

बैठकले मङ्सिर १ गतेसम्म स्थानीय तहका सबै वडामा एकै साथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ । मतदाता शिक्षासम्बन्धी सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै स्थानीय तहले आयोगको अनुमतिमा विभिन्न सङ्घसंस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षासम्बन्धी घरदैलो, घुम्ती टोली कार्यक्रमको समन्वय, सहजीकरण र अनुगमन गर्नेछ ।  जिल्लामा प्राप्त शिक्षा सामग्री सरोकारवालालाई उपलब्ध गराई मतदाता शिक्षासम्बन्धी अध्ययन, अनुसन्धानलाई आवश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्