२७ असार २०८३, शनिबार

अर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

कात्तिक १५, २०७९
अर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

अर्थमन्त्रालयमा मंगलवार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्