×

NMB BANK
NIC ASIA

कार्टुनिष्ट क्लबले काउन्सिलको स्पष्टीकरणको अवज्ञा गर्ने

कात्तिक १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कार्टुनिष्ट क्लब नेपालले नागरिक दैनिकमा प्रकाशन भएको कार्टुनका सन्दर्भमा प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरणप्रति असहमति जनाउँदै अवज्ञा गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको नेतृत्वमा गएको कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलवार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ ।

Muktinath Bank

नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रर्दशन गर्नु नै  कार्टुनको उद्देश्य रहेको बताए । उनले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग रहेको भन्दै काउन्सिलको स्पष्टीकरणले पत्रकारितालाई निरुत्साहन गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको उत्कृष्ट विधा कार्टुनलाई रोक्ने मनसाय नरहेको स्पष्ट पारे । उनले काउन्सिल सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै संस्थाबाट कहीकतै कमीकमजोरी भए सच्याउन सकिने बताए । 


Advertisment
Nabil box
Kumari

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले कार्टुन भनेको व्यंग्य गर्ने विषय नै भएका कारण यसका विषयमा प्रश्न गर्न नहुने बताए । उनले कार्टुनमा प्रस्तुत भएको विषयले सम्बन्धित व्यक्तिले सार्वजनिक भाषणमा दिएका अभिव्यक्तिलाई समेटिएको हुँदा आपत्ति जनाउन आवश्यक नरहेको बताए । 

Vianet communication
Laxmi Bank

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले प्रकाशन भएको कार्टुनका विषयमा स्पष्टीकरण सोध्नु प्रेस स्वतन्त्रतामाथि नै शंका उत्पन्न भएको बताए । उनले प्रेस काउन्सिल नेपालजस्तो संस्था पत्रकार र प्रेस स्वतन्त्रताको हितमा क्रियाशील हुनुपर्नेमा अनुशासनको डण्डा घुमाउन नहुने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, कार्टुनिष्ट क्लब नेपालका महासचिव रवि मिश्र र वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले धारणा राखे । 

कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधि र महासंघबीच भएको छलफलमा प्रेस काउन्सिल नेपालले नागरिक दैनिकलाई २०७९ कार्तिक ३ गते सोधेको स्पष्टीकरणका विषयमा अवज्ञा गर्दै आइन्दा त्यस्ता गल्ती नगर्न प्रेस काउन्सिललाई सचेत गराएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x