१४ असार २०८३, आइतबार
प्रतिनिधि सभा निर्वाचन

रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज गर्ने सर्वाेच्चकाे फैसला [पूर्णपाठसहित]

कात्तिक १५, २०७९
रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज गर्ने सर्वाेच्चकाे फैसला [पूर्णपाठसहित]

सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरेकाे छ । 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।

मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त इजलासलले उक्त मुद्दाको रिट खारेज हुने फैसला गरेका थिए । 


फैसलामा भनिएको छ, ‘ ..निवेदक कमल भुसालको रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य पदका लागि निजले दर्ता गरेको मनोनयन पत्र खारेज गरेको निर्वाचन अधिकृतको मिति २०७९–०६–२५ को निर्णय कानूनसम्मत देखिँदा निवेदन माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।’

रकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध डा. भुसालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षी (निर्वाचन आयोग समेत)का नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

हेर्नुहाेस् फैलसाकाे पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्