२२ असार २०८३, सोमबार

अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक आए

कात्तिक १५, २०७९
अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक आए

श्रीलङ्कामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको सङ्ख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको छ ।

पर्यटनमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने दक्षिण एसियाली देश श्रीलङ्काले सन् २०२० सम्ममा कम्तीमा १० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको पर्यटन विकास प्राधिकरणले जनाएको छ ।

यदि यो सफल भयो भने श्रीलङ्काले पर्यटन क्षेत्रबाट १.८ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन मन्त्री हरिन फर्नान्डले फिफा विश्वकपका लागि कतार जानेहरूका लागि कोलम्बोलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले काम भइरहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्