
काठमाडौं, २३ मंसिर — इराकी सेना र कुर्दिश लडाकुहरूको आक्रमण सहन नसकेर इस्लामिक स्टेट (आइएस) का लडाकुहरू मोसुल शहर छोडेर भाग्न थालेका छन् ।

बुधवार इराकी रक्षा मन्त्रालयले जारी गरेको एक भिडियो फूटेजमा आइएसका लडाकुमाथि हवाई आक्रमण गरेको देखाइएको छ ।
मोसुल र सिन्जारका बीचमा कुर्दिश लडाकु समूहले आइएसमाथि आक्रमण गरेको थियो ।
सिन्जारबाट आइएसका लडाकुहरू इराकतर्फ भाग्न कोशिश गरेको अनुमान गरिएको छ । उनीहरूको कब्जाबाट मोसुल शहर बिस्तारै मुक्त हुँदैछ ।
मध्यरातमा गरिएको आक्रमणमा आइएसको टुकडी तितरबितर भएको देखिन्थ्यो । विस्फोटमा परी आइएसको एक लडाकु घाइते भएपछि उसको साथीले घिसार्दै लगेको थर्मल दृश्य देखिएको थियो ।
अरू लडाकु भने यही मौकामा भागेका थिए ।
आइएसले मोसुलमाथि दुई वर्षभन्दा बढी कब्जा ग—यो तर अब आततायीहरू त्यहाँबाट भाग्न थालेका छन् ।
६ हप्तादेखि इराकी र कुर्दिश लडाकुहरूले मोसुलबाट आइएसलाई भगाउन आक्रमण जारी राखेका छन् ।
एक्सप्रेस युके