
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको छ । बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको अधिकतम हद कायम गरेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा ४७ दलले भाग लिएका छन् । यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ३६, मधेस प्रदेशमा ३६, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएका छन् ।
राजनीतिक दलको तर्फबाट हुने निर्वाचन सम्बन्धी स्वैच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्न, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा दलको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण १० दिनभित्र आयोगमा पठाउनु पर्ने पनि आयोग जनाएको छ ।
विवरण हेर्नुहोस्







