
‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेष्टिवल -२०२२’ अमेरिकामा सम्पन्न भएको छ ।
‘‘आफ्नै नाम, आफ्नै सान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने यो कार्यक्रम अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको हो ।
आयोजकले लामो समय अमेरिका बसेर पनि कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कलाकार तथा व्यवसायी कृष्ण सुनारलाई सम्मान गरेको छ ।
उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् भने नेपालमा व्यवसाय समेत गरेका छ ।
ग्लोबल नेपाली फिल्म अवार्डका बोर्ड मेम्बर समेत रहेका उनलाई कार्यक्रममा सम्मान गरिएको हो ।
अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्यबाट कलाकारलाई अवार्ड प्रदान गरिएको थियो।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बिशिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेताहरू शिब श्रेष्ठ, सुनिल थापा, अभिनेत्री शर्मिला मल्ल, लोकगायक राम प्रशाद खनालको उपस्थिति रहेको थियो ।